बैंकिङ खबर/ साधनासँगको मर्जरमा आफुहरुलाई अन्याय परेको भन्दै सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित भएका छन् ।
उक्त संस्थाका देशभरका शाखा प्रमुखहरु, कर्मचारीहरु एकै पटक आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रिएका छन् ।
मर्जरको सम्झौता अर्थात एमओयुमा उल्लेख सहमतिका बुँदा भन्दा फरक तरिकाले नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाले आफुहरु आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् ।
मर्जर पश्चात सबैको साधना लघुवित्त हुनेगरी मर्जर सम्झौता भएपनि राष्ट्र बैकले अन्तिम स्वीकृति दिँदा साधना लघुवित्त मात्र नाम रहनेगरी स्वीकृति दिएको छ । यसले सबैको लघुवित्तको नाम मात्र अस्तित्वमा नरहने नभई सबैको लघुवित्तका कर्मचारीमाथि भोलिका दिनमा अन्याय हुने भएकाले अहिले नै त्यो परिस्तिथि आउँन नदिनलाई आन्दोलन गरिएको हो।
मर्जरको सुरुवाती सहमति भन्दा फरक तरिकाले अन्तिम स्वीकृति दिनुले नै आफुहरुमाथि गम्भीर विभेद र अन्याय भएकाले अहिलेको यो रवैयालाई स्विकार्न नसक्ने सबैको लघुवित्तका कर्मचारीको भनाई छ। हालै मात्र नेरुड़े र मिर्मिरे लघुवित्तलाई मर्जर पश्चात नेरुड़े मिर्मिरे लघुवित्तको नाम दिएको राष्ट्र बैकले आफुहरुलाई सबैको साधना लघुवित्त नाम नदिएको प्रति पनि आन्दोलित कर्मचारीको असन्तुष्टि रहेको छ।
मर्जर पश्चात बन्ने संस्थाको नाम ’सबैको साधना लघुवित्त’ हुने र मर्जर पश्चात बन्ने संस्थामा अध्यक्ष साधनाबाट हुने तथा प्रमुख कार्यकारी अधिकृत सबैको बाट हुनेगरि मर्जरको सुरुवाती सहमति भएको बताइन्छ। तर मर्जर पश्चात साधना लघुवित्त मात्र नाम रहनेगरी नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ।
शाखाका ९० वटै शाखाका शाखा प्रमुख तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छ्न भने नियमनकारी निकाय नेपाल राष्ट्र बैंकसँग आफूहरुमाथि अन्याय नगर्न अनुरोध पनि गरेका छन् ।
संस्थाको विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम नियमित राख्ने प्रथम चरणमा हातमा कालो पट्टी बाँधेर विरोध गर्ने र दोस्रो चरणमा पेन डाउन गर्ने र त्यसको पनि बेबास्ता गरिए शाखामा तालाबन्दी गरि आन्दोलनमा उत्रिने जनाएका छन् ।
यस्ता छन् मागहरु
संयुक्त मर्जर कमिटीबाट सिफारिस भएको नाम सबैको साधना लघुवित्त हुनुपर्ने । सो हुन नसके कर्मचारीहरु बिच द्वन्द्व भइ बिना विवाद संस्था दिर्घकालसम्म अगडि बढ्न नसक्ने हुँदा मर्जरसहित १ महिनाभित्रमा अर्को सस्था संग मर्जरका लागि अघि अढ्न आदरणीय सञ्चालक ज्युहरुमा आग्रह गर्ने ।
हेर्नुहोस् विज्ञप्ति




