बैंकिङ खबर/ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय सुडा कञ्चनपुरले आफ्ना ग्राहक सदस्यहरुका लागि तीन दिने व्यवसायीक कुखुरा पालन तालिम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाले ३० जना सदस्यहरुलाई उद्यमशीलता विकाश गरी स्वरोजगार बन्नको लागि सघाउ पुर्याउने उद्देश्यले तालिम आयोजना गरेको हो । बेदकोट नगरपालिका पशु सेवा शाखाको समन्वयमा सञ्चालन गरिएको तालिमलाई भेटेरीनरी अधिकृत तर्क राज भट्ट र भेटेरीनरी अधिकृत शम्भु चन्दले सहजीकरण गरेका थिए ।
तालिममा कुखुरा पालनको अवधि, कुखुरापालन सम्बन्धी विभिन्न विषयबस्तुहरु जस्तै खोर व्यवस्थापन, जैविक सुरक्षा, दाना व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन लगायत बजारीकरण सम्बन्धी विषयमा प्रशिक्षण दिइएका इलाका कार्यालयका प्रबन्धक उमेश कुमार भण्डारीले जानकारी दिए ।
कुखुराको उचित व्यवस्थापन र रेखदेख गर्न नजान्दा नोक्सानी व्यहोर्नु परेको गुनासो आइरहेको बेला प्रदान गरेको तालिमले किसानलाई ठूलो लाभ मिल्ने र किसानलाई फाइदा पुग्ने भनाइ छ ।




