Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

बैंकको आधारदर भनेको के हो ?

२०८१ जेष्ठ १७ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाका आधारदर भन्नाले मुख्यतः संस्थाको लागतका आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। यो दर गणना गर्दा संस्थाले निक्षेपजस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत, राष्ट्र बैंकको नियमानुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता कायम गरेबापत लाग्ने लागत र सञ्चालन लागतलाई समावेश गरी प्रतिशतमा गणना गरिन्छ।

हाल बैंकको आधारदर निम्नानुसार गणना गर्नुपर्ने व्यवस्था रहेको छः आधारदर = कोष लागत+अनिवार्य मौज्दात लागत+वैधानिक तरलता लागत+सञ्चालन लागत (सबै प्रतिशत)

आधारदर प्रत्येक महिना घटबढ हुन्छ। यसको जानकारी पत्रपत्रिका तथा सम्बन्धित बैंकको वेबसाइटमार्फत लिन सकिन्छ।