बैंकिङ खबर/ सरकारले पिछडिएका र सीमान्तकृत वर्गलाई लघु बीमामा आबद्ध गराउँदै लगिने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । त्यस्तै, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता बृद्धि गरिनेछ । नियमनकारी निकायको सुपरिबेक्षीय क्षमता बृद्धि गरी सबल र प्रभावकारी बनाइने सरकारले जनाएको छ ।




