Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा भरतराज कोइराला नियुक्त

२०८१ जेष्ठ १३ गते

बैंकिङ खबर/ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भरतराज कोइराला नियुक्त भएका छन् ।
नव नियुक्त अध्यक्ष कोइरालालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आइतबार पद तथा गोपनियताको सपथ गराएका हुन् ।

संस्थाको सञ्चालक समितिको २०८१ जेठ ४ गते शुक्रवार बसेको २३५ औं बैठकबाट कोइरालालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको थियो । सपथ ग्रहणका अवसरमा संस्थाका सञ्चालक समितिका सदस्यहरु शिवहरी दंगाल, सुशील कुमार नेपाल, मनोज कुमार खडका र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको समेत उपस्थिति रहेको थियो ।

यसअघि कोइराला सोही संस्थामा मिति २०७८ भदौ ५ गतेदेखि सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । सञ्चालक समितिले कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेसँगै संस्थाले थप नयाँ उचाइ लिने विश्वास व्यक्त गरिएको छ ।