बैंकिङ खबर/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा कोशी, मधेस प्रदेशमा शाखा प्रमुख तथा सहायक कर्मचारीलाई क्षमता विकास तालिम दिइएको छ ।
कोशी प्रदेशको वैशाख ५ गते इटहरीमा र मधेश प्रदेशको बैशाख ७ गते बर्दिबासमा, जोखिम व्यवस्थापनमा विभाग प्रमुख बिराट पति नाथ गच्छदार, कर्जा विभागमा कार्यरत होम अधिकारी, कोशी प्रदेश र मधेश प्रदेशका प्रदेश प्रमुख देवचन्द्र रोय र कार्यक्रम अधिकृतसहित दुई प्रदेशमा कार्यरत सम्पूर्ण शाखा प्रबन्धक र सहायक कर्मचारीसहित ११० जना कार्यरत कर्मचारीहरुलाई Training On Behavioral Skills And Capacity Development सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।
उक्त तालिम संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीको अध्यक्षतामा संचालन भएको थियो । साथै कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई उच्च मनोबलका साथ र अनुशासित भएर संस्थाको उद्देश्य केन्द्रित कार्यमा सबैले आ-आफ्नो पदिय जिम्मेवारी पुरा गर्नुपर्ने र आगामी दिनमा सबैजना कर्मचारी आ–आफ्नो कार्यसम्पादनमा सफल हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्रीय कार्यालय वित्त व्यवस्थापन विभाग प्रमुख मनरुपा पौडेलले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेका थिए भने केन्द्रीय कार्यालय आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत रोशन प्रसाद जैशी, वित्त व्यवस्थापन विभागमा कार्यरत सुदिप लुईटेल र सूचना प्रविधि विभागमा कार्यरत राम प्रसाद पौडेलले कार्यक्रममा सहजीकरण गरेका थिए ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ४३ जिल्लाहरुमा १४० शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४७ कार्यालय सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइ रहेको छ । २०८० पौष मसान्त सम्म ९९हजार सदस्य, ३८ हजार ऋणी मार्फत १ अर्व ४८ करोड वचत संकलन गरी ४ अर्व ४८ करोड कर्जा लगानी गरेको छ ।




