Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ५ जनाको नाम छनोट

२०८१ जेष्ठ ७ गते

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम तयार भएको छ । बैंकको सीईओ छनौट समितिले आवेदन दिएका मध्येबाट ५ जनाको नाम तयार पारेको हो ।

जसमा देवेन्द्र रमण खनाल, कृष्ण बहादुर अधिकारी, बिष्णुदेव यादव, प्रकाशचन्द्र अधिकारी र शंकर केसी रहेका छन् । ५ जनाको अन्तरवार्ता र प्रस्तुतिकरण जेठ ९ गते हुने भएको छ ।