May 17th, 2024

जनउत्थान सामूदायिक लघुवित्तद्वारा बीमा रकम प्रदान

बैंकिङ खबर/ पर्सास्थित जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ठोरीले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ ।

यस संस्थाले स्थानीय महिलाहरुको समुह बनाइ उक्त समुहमार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्तर्गत ठोरी ४ निर्मलबस्तीस्थित सिर्जना बैकिङ समूदायकी सदस्य सञ्च माया तामाङको निधन भएपछि सदस्यले पाउने बीमा रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

मृतकको श्रीमान् लाल बहादुर पाख्रीनलाई बीमा बापतको रकम रु १ लाख ४ हजार तीन सय चौबिस रुपैयाँ शाखा कार्यालय ठोरी, पर्साको शाखा प्रमूख अनिल शाहीले प्रदान गरे ।

संस्थाका अनूसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनूसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय १० प्रतिशत र दुर्घटनामा मृत्यु भए १ सय १० प्रतिशत क्षतिपुर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी मेनूका नेपालले जानकारी दिइन् ।