Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिको तेस्रो समीक्षाः शेयर बजारमा देखिएन लचक

admin २०८१ जेष्ठ ४ गते
सेयर:

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केहि लचक नीति लिएको छ। केन्द्रीय बैंकले हायर पर्चेज कर्जाका जोखिम भार घटाएकाे छ भने असर कर्जामा गर्नुपर्ने प्रोभिजन पनि घटाएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने केन्द्रीय बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने समीक्षामा उल्लेख छ।

राष्ट्र बैंकले शेयर कजारमा भने लचक नीति लिएको छैन। लगानीकर्ताले शेयरधितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग गरिरहेको भएपनि त्यसलाई केन्द्रीय बैंकले सम्बोधन गरेको छैन।

मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

यस्तै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने केन्द्रीय बैंकले जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।