बैंकिङ खबर/आगामी ५ वर्षमा सरकारले ९४ खर्ब ८२ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ। राष्ट्रिय योजना आयोगले १६औं योजना तयार पारेको ५ वर्षे लगानी रणनीतिअनुसार प्राथमिक क्षेत्रमा ७ खर्ब ५२ अर्ब ४५ करोड, द्वितीय क्षेत्रमा २८ खर्ब ४९ अर्ब ४३ करोड र सेवा क्षेत्रमा ५८ खर्ब ८० अर्ब ७८ करोड रुपैयाँ लगानी हुने प्रक्षेपण भएको हो।
यो रकम चालू आर्थिक वर्ष २०८०/८१को मूल्यमा तय गरिएको हो। प्रचलित मूल्यमा प्राथमिक क्षेत्र द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी आगामी ५ वर्षमा कुल लगानी १ सय ११ खर्ब ८४ अर्ब ८३ करोड रुपैयाँ लगानी गर्ने सरकारी भनाइ छ।
आयोगका अनुसार निजी क्षेत्रको सबैभन्दा बढी लगानी रहनेछ। निजी क्षेत्रले समग्रमा ६७.२ प्रतिशत लगानी गर्दा सार्वजनिक क्षेत्रले ३०.२ प्रतिशत र सहकारी क्षेत्रले २.६ प्रतिशत लगानी गर्नेछ।