May 14th, 2024

रेमिट्यान्स भित्राउन वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साहन गरिने

बैंकिङ खबर/सरकारले वैदेशिक रोजगारीमा जान चाहाने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साह गर्ने भएको छ । राष्ट्रप्रति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै आगामी आर्थिक वर्ष २०८१८२ मा वैदेशिक रोजगारमा जाने नेपालीको निःशुल्क बैंक खाता खोलेर सोही खातामार्फत विप्रेषण (रेमिट्यान्स) स्वेदशमा ल्याउन प्रोत्साहित गर्ने बताए ।

साथै वैदेशिक रोजगारबाट फर्किएका नेपालीको सिप र व्यवसाय दक्षताका आधारमा उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्न प्रदेश तथा स्थानीय तहको सहकार्यमा उद्यमशीलता कार्यक्रम कार्यान्वयन गरिने पौडेलले बताए ।