Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानुन संशोधन हुने

२०८१ जेष्ठ १ गते

बैंकिङ खबर/सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

यस्तै मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गर्ने घोषणा सरकारले गरेको हो । आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गर्ने घोषणा सरकारले गरेको छ ।