May 14th, 2024

घट्यो ब्रोकर कमिसन

बैंकिङ खबर/ धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो। मंगलबारदेखि हुने सबै कारोबारमा घटेको हो ।

अब सेयर कारोबारमा लगानीकर्ताले अधिकतम ०.३६ प्रतिशत ब्रोकर कमिसन तिर्नेछन् । यसअघि ०.४० प्रतिशत थियो । यस्तै ब्रोकर कमिसनको तल्लो सीमा ०.२४३ प्रतिशतमा झरेको छ ।

प्रतिकारोबार रकमका आधारमा ब्रोकर कमिसन लाग्दै आएको छ । ५० हजार रुपैयाँसम्मको कारोबारमा हाल ०.४० प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० र १ करोडमाथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।