May 10th, 2024

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट बीमा क्षतिपूर्ति रकम वितरण

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, गल्छी धादिङ्गद्वारा संस्थामा आवद्ध सदस्यको मृत्युपछि प्रदान गरिने बीमा क्षतिपूर्ति वापतको रकम एक समारोहकाबीच मृतकका श्रीमानलाई प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीको हातबाट, समुहमा आवद्ध सदस्यहरु, गाउँका भद्रभलादमी, समाजसेवीको उपस्थितिमा मृतक स्व.इन्द्र कुमारी मगरका श्रीमान कान्छा बहादुर मगरलाई बीमाको रकम प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा शाखाका प्रमुख बीरबहादुर लामा (तामाङ)ले निर्धन संस्थाले प्रदान गरिने वित्तीय सेवा तथा गैर वित्तीय सेवाका बारेमा जानकारी गराए ।

कार्यक्रममा पालिका उपाध्यक्षबाट मन्तब्य दिने क्रममा पालिका र संस्थाहरुको सेवाबाट किसान,मजदुर, ग्रामीण दूरदराजका जनताहरुले सेवा लिइ आफ्नो आर्थिक, सामाजिक लगायतका सुधारमा टेवा पुग्ने विचार व्यक्त गरे । साथै संस्थाले दिने सेवाहरुको बारेमा कर्जा लिइ सकेपछि त्यसलाई उत्पादनमुलक कार्यमा लगानी गर्न सुझाव दिए ।