May 10th, 2024

सानिमा रिलायन्सको नाफामा उछाल

बैंकिङ खबर/ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षमा १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ९२.९४ प्रतिशत धेरै हो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको छ। यसले नाफा बढाउन सहयोग पुगेका देखिन्छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कम्पनीका बीमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ४१ करोड रुपैयाँ दाबि भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी १४२.७२ प्रतिशतले बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ। गत वर्ष यस्तो आम्दानी ४६ करोड ४२ लाख रुपैयाँ थियो।

हाल ४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा छ।