May 8th, 2024

नेपाल लाइफको सहायक कम्पनीमा खुल्यो रोजगारी

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्सले सहायक कम्पनीको लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले आफ्नो सहायक कम्पनीको रुपमा रहेको नेपाल लाईफ इन्भेष्टमेन्ट कम्पनीको लागि सीईओको आवेदन माग गरेको हो ।

बुधबार एक सूचना जारी गर्दै सो कम्पनीको लागि सीईओ माग गरिएको हो । जसका लागि अर्थशास्त्र, व्यवस्थापन, वित्त, लेखा, व्यापारलगायतका विषयमा कम्तिमा स्नातकोत्तर र १० वर्ष सोहि क्षेत्रमा काम गरेको अनुभव हुनु पर्नेछ ।

२१ मेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ । कम्पनीको वेबसाईटमा गएर अनलाईनबाट नै आवेदन दिन सकिने पनि सूचनामा उल्लेख छ ।

हेर्नुस सूचना