२०८१ बैशाख २६ गते

छिमेक लघुवित्त कैलपालमाण्डौं शाखाद्वारा तरकारी खेती तालिम सम्पन्न

बैंकिङ खबर/ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ मा तीन दिने आधारभूत तरकारी खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कैलपालमाण्डौं शाखाको आयोजनामा वैशाख ४ गतेदेखि गन्यापधुरा–५ स्थित वडा कार्यालयको हलमा तालिम सम्पन्न भएको हो । कार्यक्रम संयोजक तथा शाखा प्रबन्धक अम्मर बहादुर सिंह र तालिम प्रशिक्षक चेतराज बोहराले तालिममा प्रशिक्षण दिएका थिए।

उक्त तालिम सदस्यको आयस्तर तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कैलपालमाण्डौं शाखाले जनाएको छ । तालिममा सदस्य तथा अभिभावक गरी ३५ जनाको सक्रिय सहभागिता रहेको थियो। जसमा ८ जना अभिभावक र २७ जना सदस्य थिए ।

तालिमको आवश्यकता छिमेक लघुवित्तले पूरा गरिदिएको र तालिम एकदमै लाभदायक भएको तथा किसानको धेरै जसो समस्याको समाधाम समेत भएको तालिममा सहभागी सदस्यहरू बताउँछन्।