May 6th, 2024

८२ हजार बढी कालोसूचीमा

बैंकिङ खबर/ कर्जा सूचना केन्द्रका अनुसार हालसम्म ८२ हजार ७०८ नेपाली कालोसूचीमा छन् । यसमध्ये २०७८/१/२२ देखि २०७९ /१/२१ सम्ममा ८ हजार ३८२ जना कालोसूचीमा परेका छन् । गत वर्ष २०७९ वैशाख २२ देखि २०८० वैशाख २१ सम्मको एक वर्षमा २१ हजार ६५० जना कालोसूचीमा परेको थिए ।

२०८० वैशाख २२ देखि २०८१ वैशाख २१ समम्मको पछिल्लो एक वर्षमा भने कालोसूचीमा पर्नेहरुको संख्या अस्वभाविक रुपमा बढेर ३९ हजार ३६५ पुगेको छन् । कर्जा सूचना केन्द्रले बैंकको ऋण चुक्ता नगर्ने, चेक बाउन्समा पर्नेसहितलाई कालोसूचीमा राख्ने गरेको छ ।