Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय बीमा कम्पनीमा खुल्यो रोजगारी

२०८१ बैशाख २१ गते

बैंकिङ खबर/ राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले शुक्रबार एक सूचना मार्फत विभिन्न पदका लागि आवेदन आह्वान खुलाएको हो ।

कम्पनीले चौथो तह देखि ८औँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो । सबै तहका लागि गरि कम्पनीले कुल १४ जनाका लागि आवेदन आह्वान गरेको हो । आवेदन दिने अन्तिम मिति जेठ १० गतेसम्म रहेको छ । दोब्बर दस्तुरमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। जेटिए(कृषि विज्ञान) तालिम प्राप्त वा कृषि विषय लिई टिएलएलसी उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने जनाइएको छ ।