बैंकिङ खबर/सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार (वैशाख २० गते) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
यस्तै, वैशाख २८ गते शुक्रवारका दिन अपरान्ह २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार जापानी परराष्ट्र मन्त्री कामीकावा योको को मिति २०८१ वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा हुने द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्ने अख्तियारी दिने निर्णय गरिएको छ।
यस्तै, बैठकले उक्त द्विपक्षीय वार्ताका लागि कार्यसूचि स्वीकृत गरेको छ।




