बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (Percapita GDP) १,४३४ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज अनुमान सार्वजनिक गरेको हो ।
जस अनुसार गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,३८९ यू.यस. डलर हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४११ यू.यस. डलर कायम गरिएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (Percapita GNI) १,४५६ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। जुन हालको डलरको मूल्य अनुसार करिब २ लाख हुन आउँछ । गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४०५ यू.यस. डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४१९ यू.यस. डलर कायम गरिएको छ।




