April 25th, 2024

साधना र सबैको लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

बैंकिङ खबर/ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर हुने सम्झौता भएको छ । यी २ संस्थाबीच मर्जर हुने अन्तिम सझौतामा बुधबार हस्ताक्षर भएको हो ।

मर्जर सम्बन्धी अन्तिम सझौतामा दुवै कम्पनीका अध्यक्षले बुधबार हस्ताक्षर गरेका हुन् । सबैकोको केन्द्रीय कार्यलय गोर्खाको हरमटारीमा रहेको छ भने साधनाको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ ।