April 18th, 2024

स्टाटर्अप उद्यम कर्जाका लागि १६ सयले दिए आवदेन

बैंकिङ खबर/ सरकारले स्टाटर्अप उद्यम कजाको लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गर्दा १६ सय बढी स्टार्टअपले आवेदन दिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार २०८० माघ १९ गतेदेखि २०८० फागुन १० गतेसम्मको अवधिमा कुल १ हजार ६ सय ५८ वटा प्रस्ताव पेश भएका हुन् ।

अब मापदण्ड पूरा गरेको परियोजनाहरूलाई प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी निश्चित मिति र समय तोकी प्रस्तुतीकरणको लागि आव्हान गर्ने जनाएको छ । प्रतिष्ठानका अनुसार तोकिएको समयमा प्रस्तुतीकरणको लागि उपस्थित नभएका परियोजनाहरू स्वतः छनौटमा पर्ने छैनन् ।

प्रस्तुतीकरण गरेका परियोजनाहरूलाई बैङ्कमार्फत क्रेडिट अप्राइजल गरी पचास अङ्कभन्दा बढी ल्याउनेलाई अङ्कको आधारमा कर्जाको लागि सिफारिस गरिनेछ । सिफारिसमा परेका उद्यमीहरूले बैङ्कसँग सम्झौता गरी बैङ्कको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्ने छ ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० ले स्टार्ट अप उद्यम कर्जा प्राप्त गर्न उद्यमहरूको निश्चित मापदण्ड तोकेको छ । सोही मापदण्डलाई आधार मानी प्राप्त परियोजनाहरूको प्रारम्भिक सूची तयार गर्न प्रतिष्ठानले नेपाल सरकार र विज्ञहरूको सहयोगमा मापदण्ड बनाएको छ ।

जस अनुसार प्रतिष्ठानमा दर्ता भएका १६५८ प्रस्तावलाई मूल्याङ्कन समितिमा एक एक गरी अध्ययन गर्ने र छलफल गरी निर्णय लिने उल्लेख छ। मूल्याङ्कन गर्ने क्रममा मूल्याङ्कन समिति लगायत यससँग प्रत्यक्ष संलग्न कर्मचारीहरूले कुनै आग्रह– पूर्वाग्रह नराखी निर्णय गर्ने तथा सूचनाको संवेदनशीलतालाई मध्यनजर गरी मूल्याङ्कनकर्ता लगायत यससँग प्रत्यक्ष सलग्न कर्मचारीहरूले आफ्नो कार्य जिम्मेवारीअनुसार सूचनाको गोपनीयता पालना गर्ने मापदण्डमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]