April 18th, 2024

लघुवित्तहरुको खराब कर्जा बढ्यो

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा ह्वात्तै बढेको छ । २०८० असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा ७८.०९ प्रतिशलते बढेर २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

२०८० असार मसान्तसम्म निष्क्रिय कर्जाको अनुपात ५.६० प्रतिशत रहेको राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले तयार पारेर गत चैत्त महिनामा जारी गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले एक लघुवित्त एक ऋणी नीति लिएपछि लघुवित्तको निष्क्रिय कर्जामा भारी वृद्धि भएको हो। लघुवित्तको २०७८ असार मसान्तसम्मको निष्क्रय कर्जा अनुपात २ दशमलब ७२ प्रतिशत रहेकोमा २०७९ असार मसान्तमा ३ दशमलब ०२ प्रतिशत र २०८० असार मसान्तसम्म आइपुग्दा निष्क्रिय कर्जा अनुपात बढेर ५ दशमलब ६० प्रतिशत पुगेको छ ।

लघुवित्त कम्पनीको कुल कर्जा सापटीमा समेत व्यापक गिरावट आएको छ । २०८० सालको असार मसान्तसम्म लघुवित्त कुल कर्जा अघिल्लो आवको तुलनामा ३ दशमलब ८८ प्रतिशतले गिरावट आई ४ खर्ब ३२ अर्ब २४ करोड पुगेको हो । केन्द्रीय बैंकको उक्त वार्षिक प्रतिवेदनमा केन्द्रीय बैंकको निर्देशनको प्रभाव र समग्र वित्तीय क्षेत्रमा कर्जाको मागमा आएको संकुचनका कारण कर्जाको मागमा व्यापक गिरावट देखिएको उल्लेख गरिएको छ ।

२०७९ सालको असार मसान्तसम्म भने कर्जाको वृद्धि २३ दशमलब ०३ प्रतिशतले बढेर ४ खर्ब ४९ अर्ब ७२ करोडमा सीमित भएको थियो । २०७८ असार मसान्तमा अघिल्लो आव भन्द। अघिल्लो वर्ष कुल कर्जा सापट २३.०३ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ४९ अर्ब ७२ करोड रहेको थियो।

638488901024698828