April 14th, 2024

२०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

बैंकिङ खबर/ २०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार २०८० सालमा २ खर्ब ७९ अर्ब ७२ करोड सार्वजनिक ऋण बढेको हो ।

कार्यालयका अनुसार २०७९ को चैत मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनि ऋण २१ खर्ब, ६ अर्ब ६ करोड रहेको थियो । २०८० को चैत मसान्तसम्म यस्तो ऋण बढेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

तिर्न बाँकी उक्त ऋण मध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक हो । त्यसैगरी १२ खर्ब ६ अर्ब ३१ करोड वाह्य ऋण रहेको कार्यालयले जनाएको छ । २०७९ को चैत मसान्तसम्म १० खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक र १० खर्ब ६९ अर्ब १२ करोड वाह्य ऋण थियो ।