Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान लघुवित्तका अध्यक्षमा डा.वीकेले लिए शपथ

२०८१ बैशाख २ गते

बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनिर्वाचित अध्यक्ष डा. मान बहादुर वीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.वीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदी समक्ष शपथ ग्रहण गरेका हुन् ।

संस्थाको चैत ३० गते सम्पन्न १३औँ वार्षिक साधारण सभाले संस्थापक समुहबाट डा.मान बहादुर वीके, डा. मेग बहादुर विश्वकर्मा, यज्ञ विक्रम शाही र सर्वसाधारण समुहबाट हुमा कुमारी कुँवर थापा र गुरुराज बरुवाललाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको थियो । सञ्चालक समितिको २२०औं बैठकले समितिको अध्यक्षमा डा.मान बहादुर वीकेलाई सर्वसम्मत चयन गरेको थियो ।