
बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडेको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुटवलको होटल न्यु ईरा रुपन्देहिमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ,लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरुमाथि छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय गरेको छ ।

संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा यज्ञ बिक्रम शाही, डा.मेग बहादुर विश्वकर्मा र डा. मान बहादुर विकेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा हुमा कुमारी कुँवर थापा, गुरुराज बरुवाललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
भविष्यमा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने वा प्राप्तिसंग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरु पुरा गर्न गराउन सञ्चालक समितिलाई अधिकार पत्यायोजन गर्ने निर्णय पारित गरेको छ ।



