Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकको खुद नाफा साँढे ३ अर्ब

२०८० चैत्र २८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ८ महिनामा विकास बैंकहरुले साँढे ३ अर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद आर्जन गरेका छन् । जसमध्ये बसैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसगरी, गरिमा विकास बैंकले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा साईन रेसूगां डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी, महालक्ष्मि विकास बैंकले ४० करोड, कामना सेवा विकास बैंकले ३८ करोड र लुम्बिनी डेभलपमेन्ट बैंकले २७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ४ वटा विकास बैंकले घाटा व्योहोरेका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकलाई भएको छ । एक्सेललाई यो ८ महिनामा २४ करोड बढी घाटा लागेको छ भने सप्तकोशि विकास बैंकलाई १३ करोड ६२ लाख रुपैयाँ खुद घाटा लागेको छ ।