२०७३ मंसिर २ गते

अमेरिकामा ट्रम्प राष्ट्रपति हुँदा भारतलाई हुने फाइदा र बेफाइदा

trump-modiसंतेश कुमार सिंह – विश्वकै सबैभन्दा शक्तिशाली पदमा डोनाल्ड ट्रम्पको उदयले सम्पूर्ण विश्वव्यवस्थामा एक दूरगामी परिवर्तन स्थापित गर्नेछ । संयुक्त राज्य अमेरिकाको आन्तरिक राजनीतिक परिदृश्यमा यसको प्रभाव त पर्छ नै, उसको विदेशी नीतिमा पनि प्रभाव देखिनेछ । ओबामाको कार्यकालमा गरिएका बैदेशिक प्रयासहरुमा आमूल परिवर्तन देखिनेछ । भारत सँधै अमेरिकाको एक सहयोगी राष्ट्र रहिआएको छ । ऐतिहासिक रुपमा दुबै देशले मिलेर विश्वका थुप्रै समस्याहरुको विरुद्धमा आवाज उठाएका छन् । यसका थुप्रै कारण छन्, जस्तै : दुबै देश लोकतान्त्रिक हुन्, दुबै चीनबारे चिन्तित छन्, दुबै देश आतंकवादबाट प्रभावित छन्, दुबै विश्व परिवेशमा आफ्नो उचाई कायम राख्न र अझ उचाईमा पुग्न रुचि राख्छन्, दुबै आफ्नो अर्थव्यवस्थालाई स्थिर बनाईराख्न तत्पर छन् ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नु के भारतका लागि उपयोगी सावित होला या यसले भारतलाई हानी पुर्याउला ? यहाँ बुझ्नुपर्ने कुरा यो छ कि अमेरिका एक यथार्थवादी मुलुक हो, जुन आफ्नो राष्ट्रिय हितका लागि सँधै तत्पर रहन्छ । विश्व राजनीतिमा भारत सँधै नै अमेरिकाको लागि धेरै महत्वपूर्ण मुलुक रहिआएको छ । राष्ट्रपतिमा जोसुकै होओस्, उ सँधै नै व्यवहारिक दृष्टिकोणले भारतलाई आफ्नो साथमा राख्ने पक्षमा रहिआएको छ । निःसन्देह डोनाल्ड ट्रम्पको आगमनले भारतलाई केही विशेष लाभ हुनेछ । भारत र अमेरिकाबीच चलिआएको सम्बन्ध सुधार आगामी दिनमा पनि जारी रहनेछ । ट्रम्पको कार्यकालमा केही यस्ता विन्दु छन् जसमा भारत अलि बढी नै आशा लिएर अमेरिकासँग आफ्नो सम्बन्ध अघि बढाउनेछ । 

आतंकवाद्विरुद्धको लडाईमा साथ मिल्नेछ
ट्रम्पले आफ्नो चुनावी भाषण दिने क्रममा भने का थिए – ‘यदि उनी राष्ट्रपति बने भने आतंकवादलाई पूर्ण रुपमा मेटाउन भरपूर प्रयास गर्नेछन् ।’ भारत पनि आतंकवादबाट धेरै प्रभावित छ । आशा गरौँ, यस मामिलामा भारत ट्रम्पलाई पाकिस्ताको विरुद्धमा ल्याउन सफल हुनेछ । राष्ट्रपतिको रुपमा ट्रम्प पनि भारतलाई आफ्नो साथमा राख्न पूर्ण प्रयास गर्नेछन् । किनकि, अमेरिकालाई भारत जस्तो देशको समर्थनको आवश्यकता रहनेछ । चुनावको समयमा ट्रम्पले भनेका थिए –‘पाकिस्तान संसारकै सबैभन्दा खतरनाक मुलुक हो । र यसको विरुद्धमा भारतले मूख्य भूमिका निभाउन सक्छ ।’ यसले उनको भारतप्रतिको मित्रवत् दृष्टिकोण देखाउँछ ।

पाकिस्तानको विरुद्धमा भारत र अमेरिकाको सम्बन्ध यदि मजबुत भयो भने यसले आतंकवादको विरुद्धको लडाई मजबुत हुनेछ जुन दुबै देशका लागि जरुरी छ । पाकिस्तानलाई अमेरिकाले २००२ देखि हालसम्म ३० बिलियन डलर सहयोग गरेको छ । ट्रम्पको कार्यकालमा यसमा नियन्त्रण गर्न पूर्ण प्रयास गरिनेछ । यो कुरा उनले आफ्नो चुनावी भाषणमा नै गरेका थिए, जुन भारतक लागि पक्कै पनि सहयोगी सावित हुनेछ । 

चीनलाई किनारा लगाउन मद्धत मिल्नेछ
दोस्रो महत्वपूर्ण कुरा, ट्रम्पको कार्यकालमा चीनप्रति दुबै देशको नीति रहनेछ । चीन एउटा यस्तो देश हो जो सँधै भारतका लागि टाउको दुखाई बनिरहेको छ । चीन दुबै देशका लागि सामाजिक रुपले चुनौती त हो नै, आर्थिक रुपले पनि यो चुनौती बनेर उभिएको छ । अमेरिको विरुद्ध जसरी पछिल्ला केही वर्षहरुमा चीनले आफ्नो नीति बनाएको छ, यो उसका लागि चिन्ताजनक छ । चाहे पर्ल अफ स्ट्रिंग को नीति होस्, वन बेल्ट वन रूट को नीति होस् या साउथ चाइना सीमा चीनको बढ्दो दबदबा । यसको मूख्य उद्देश्य विश्व पटलमा अमेरिका र भारतजस्ता देशलाई किनारा लगाउनु हो । यसको विरुद्ध ट्रम्प पक्कै भारतलाई साथ लिएर चल्नेछ । किनकि दुबै देश एउटै रोगबाट ग्रसित छन् ।  

सामाजिक रुपमा दुबै देश चिबाट प्रभावित त छन् नै आर्थिक रुपमा पनि प्रभाव परिरहेको छ । अमेरिकामा बेरोजगारीको समस्या बढिरहेको छ । र यसको एक कारण चीनमा उत्पादक क्षेत्रमा भएको विकाससँग प्रत्यक्ष रुपमा सम्बन्धित छ । ट्रम्पले आफ्नो चुनावी भाषणमा यस विषयको उठान गर्दै भनेका थिए कि उनी राष्ट्रपति बने भने चीनको बढ्दो आर्थिक प्रभाव कम गर्न पूर्ण प्रयास गर्नेछन् । भारत पनि चीनसँगको व्यापार असन्तुलनको शिकार भइरहेको छ । पछिल्लो केही महिनामा चीनको व्यवहारले भारतको सामाजिक मात्रै हैन आर्थिक क्षेत्रमा पनि नकारात्मक असर पारेको छ । भारत ट्रम्पसँग चीनको विषयमा धेरै अपेक्षा लिएर बसेको छ, जुन पारस्परिक हितमा हुनेछ । यदि ट्रम्प भारतलाई साथ लिएर चिनलाई घेर्ने कोशिस गर्छ भने यसका कुनै आश्चार्यको कुरा छैन ।

चुनावको समयमा अमेरिकी भारतीयहरुद्धारा आयोजित एक चुनावी सभामा ट्रम्पले भनेका थिए कि उनी हिन्दुहरु र भारतलाई धेरै माया गर्छन् । उनको भनाई यहीँ रोकिएन । उनले अगाडि भने मोदी एक सशक्त नेता हुन् । र उनी पनि मोदीले जस्तै र मोदीको साथमा काम गर्नेछन् । यसै कारण थियो कि उनले चुनावी सभाहरुमा मोदीले जस्तै नारा लगाएका थिए । जस्तै, ’अबकी बार ट्रम्प सरकार’ । मोदीले जस्तै जनताको दिल छुने मुद्धालाई उठाए । यो होइन कि ट्रम्पले मात्रै भारतको प्रशंसा गरे । भारतमा पनि हिन्दु सेना र दक्षिणपन्थी विचारधारा भएका मानिसहरुले ट्रम्पको जीतका लागि प्रार्थना सभाको आयोजना गरेका थिए । अमेरिकी चुनावको परिणाम आएपछि मानिसहरुले भारतमा पनि खुसियाली मनाए । यसकारण आशा गरौँ दुबै एकै सोच भएका सरकारहरु एकअर्काको साथमा मिलेर काम गर्नेछन् ।

भारतप्रति अमेरिकाको पूरानो नीतिलाई निरन्तरता दिनेछन्
ट्रम्पले आफ्नो कार्यकालमा भारतप्रति अमेरिकाको पुरानो नीतिहरुलाई पनि अघि बढाउनेछन् । जसले दुई देशप्रतिको सम्बन्धलाई प्रगाढ बनाउनेछ । एनएसजीको सदस्यता, संयुक्त राष्टमा स्थायी सदस्यताको विषय या संयुक्त राष्ट्रमा आतंकवादमाथि भारतको प्रस्तावको समर्थन जस्ता विषयमाथि अमेरिकाले भारतलाई सहयोग गर्ने सम्भावना रहिरहनेछ । यसको सट्टामा भारतले अमेरिकालाई विश्व व्यापार संगठन र जलवायु सम्मेलनमा सहयोग गर्ने पूरा सम्भावना रहनेछ । 

समस्याको कारण पनि बन्न सक्छ ट्रम्प सरकार
यसो हैन कि, सहयोग मात्रै रहनेछ, केही यस्ता विषय पनि छन् जुन दुबै देशका लागि समस्याका कारण पनि बन्नेछ । अमेरिकामा यदि निगमित कर ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशत गरियो भने यसले व्यापारको सम्भावना अमेरिकामा धेरै हुनेछ, जुन भारतका लागि नोक्सानजनक हुन सक्छ । जस्तो कि, ट्रम्पले चुनावको समयमा भनेका थिए । ट्रम्पले आफ्नो भाषणको समयमा भनेका थिए कि अमेरिकामा बसाईँ सरेर आउनेहरुलाई रोक्नका लागि उनी कडा प्रवासी कानुन बनाउनेछन्, जुन भारतका लागि कुनै पनि कोणबाट राम्रो हुने छैन । किनकि धेरै संख्यामा भारतीय मूलका एच–वन वीजाधारक अमेरिकामा कार्यरत छन् । यदि यसो भयो भने भारत र अमेरिकाबीचको सम्बन्धमा तनाव सिर्जना हुन सक्छ । 

ट्रम्पले भनेका थिए कि, यदि उनी राष्ट्रपति बने भने उनी अमेरिकालाई तेलको क्षेत्रमा आत्मनिर्भर बनाउनेछन् । यसका लागि उनी ओपेक जस्ता तेल व्यापार गर्ने संगठनलाई पनि प्रभावित गर्नेछन्, जुन भारतका लागि राम्रो हुने छैन । किनकि भारत तेलको माग पूर्तिका लागि यीनैमा निर्भर छ । यसप्रति पनि ध्यान दिनु जरुरी छ कि दुबै देश यस समस्यालाई कसरी समाधान गर्छन् । स्वास्थ्य क्षेत्रमा पनि ठूलो परिवर्तन गर्ने घोषणा हुन सक्छ, किनकि ट्रम्पले आफ्नो चुनावी भाषणको समयमा भनेका थिए कि उनी ओबामा मेयर स्वास्थ्य नीतिलाई हटाउनेछन् । यसको प्रत्यक्ष प्रभाव भारतजस्तो विकासशील देशका स्वास्थ्य क्षेत्रमा पर्नेछ । जबकि भारत पहिलेदेखि नै स्वास्थ्य समस्याबाट गुज्रिरहेको छ । यी चुनौतीहरुलाई यदि दुबै देश मिलेर सामना गर्न सफ भए भने यो भन्नु गलत हुने छैन कि भारत र अमेरिका आगामी दिनमा विश्व स्तरमा आफ्नो स्थान बनाउन र आफ्नो हित पूरा गर्न पक्कै सफल हुनेछन् । (लेखक दिल्ली विश्वविद्यालयकोे शहीद भगत सिंह कलेजमा राजनीति विज्ञानका सहायक प्राध्यापक हुन् ।) आजतकबाट अनुवादित