April 9th, 2024

गणपती लघुवित्तका सदस्यलाई सीप विकास तालिम प्रदान

बैंकिङ खबर/गणपती लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय मनहरिले सीप विकासमार्फत उद्यमशिलता विकासमा टेवा पुर्याउने उद्देश्यले मनहरि ७ मकवानपुरमा ग्राहक सदस्य महिलाहरुलाई व्यावसायिक तरकारी खेती तालिम प्रदान गरेको छ ।

विभिन्न समुहमा आवद्ध ३६ जना महिलाहरुलाई व्यवसायीक तरकारी खेतीको बारेमा तालिम प्रदान गरिएको मनहरिका शाखा प्रमुख सुरज दाहालले जानकारी दिए । तालिम लिएका महिलालाई व्यवसायीक रुपमा तरकारी खेती गर्नका लागि लघुवित्तले आवश्यक कर्जा प्रदान गरिरहेको पनि उनले बताए ।

तालिम कार्यक्रममा मलको प्रयोजन, तरकारीमा लाग्ने रोग,बाली लगाउने तौर तरिका, बेमौसमी तरकारी बजारको माग अनुरुप उत्पादन व्यवस्थापन लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । व्यावसायिक तरकारी खेती तालिमको प्रशिक्षकमा मनहरि गाउँ पालिकाका कृषि प्राविधिक शिव नारायण शाहले गरेका थिए । शाखा प्रबन्धक सुरज दाहालको अध्यक्ष्यतामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण विकास कुमार माझिले गरेका थिए । तालिमको अन्त्यमा सम्पुर्ण सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

साथै गत शनिबार चेेैत्र २४ गते शाखा कार्यालय डेढगाऊँ नवलपुर र नवलपुर सर्लाहीले एक दिने व्यवसायिक बाख्रा पालन तालिम समेत सम्पन्न गरेका छन् । यस वित्तीय संस्थाले ग्राहकहरुकाे व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उदेश्यले संचालन गरिरहेका तालिमलाई निरन्तरता दिइरहेकाे संस्थाले जनाएकाे छ ।