April 5th, 2024

सेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा पाँच जनाको नाम सर्टलिष्टमा

बैंकिङ खबर/समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी व्यवस्थापन तथा सञ्चालनका लागि पाँच जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको छ । राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी व्यवस्थापन तथा सञ्चालनका लागि गोविन्द प्रसाद शर्मा, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, प्रकाश घिमिरे र रोशन कुमार अधिकारीको नाम अन्तर्वार्ताको लागि छनोट गरेको हो ।

नेपाल राष्ट्र बैंकले उम्मेदवारहरूको अन्तर्वार्ताको लागि मिति पनि तय गरेको छ । रितपूर्वक पेश भई स्वीकृत भएका दरखास्त फाराम पेश गर्ने उम्मेदवारहरूको शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्यांकन र प्रस्तुतीकरण समेतको आधारमा पाँच जनालाई छनोट गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले पहिलो पटक फागुन १४ र दोस्रो पटक चैत ७ गते संयोजकका लागि सूचना जारी गरेको थियो । दुई जना व्यक्ति रहने व्यवस्थापन समूहमा एक जना संयोजक माग गरिएको थियो ।