April 4th, 2024

बैंक, वित्तसँग सम्बन्ध सुधारमा व्यस्त दुर्गा प्रसाईं, माफी माग्दै भाका थपिदिन आग्रह

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध निरन्तर आक्रमक अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईं पछिल्लो समय भने त्यस्तो गतिविधि पूर्णरुपमा छोडेर बैंक तथा वित्तीय संस्थासँग सम्वन्ध सुधार लागि परेका छन् ।

उनले अब उक्त अभियानको आफू संरक्षक बस्ने सोंच बनाएको बताउँदै नेतृत्व लिनको लागि अभियानका अगुवाहरुसँग अनौपचारिक रुपमा छलफलमा जुटेका छन् ।

झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि उनले उत्तेजक अभिव्यक्ति दिएका छैनन् । फैसलासँगै उनले बैंकबाट लिएको सबै ऋण तिर्ने बताइसकेका छन् ।

गत आइतबार उनले आफूलाई ऋण दिएका ग्लोबल आइएमई, नबिल र कुमारी बैंक तथा लुम्बिनी विकास बैंकका अधिकारीहरुसँग लामो छलफल गरेका थिए भने सोमबार प्रभु बैंकका अधिकारीहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा प्रसाई कसैले अनुमानसमेत नगरेको नम्र भावमा प्रस्तुत भएको छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]