बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक दिने केन्द्र प्रमुख तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको चैनपुर अनुगमन कार्यालय, चितवन अन्तर्गतका शाखा कार्यालयहरु मंगलपुर, चितवन र हात्तीसु डे, मकवानपुरले २०० भन्दा बढी सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा संस्थाको परिचय, बचत, कर्जा, बीमा विप्र्ेषण र बजेटसम्बन्धी बृहत छलफलका साथमा संस्थाले प्रदान गर्दै आएको सेवा सुविधामा उठेका गुनासो तथा जिज्ञासाहरुको समाधान गर्दै वित्तीय साक्षरता अभिवृद्धिका माध्यमले विवेकशिल वित्तीय जागरण गराउने कार्यक्रमको उद्देश्य रहेको चैनपुर अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले बताए ।
त्यस्तै आधुनिक बैंकिङ प्रणालीको विकाससँगै बढ्दो बैकिङं कसूरका बारेमा समेत सचेत गराई ग्राहकहरुले दिएका सुझावहरुलाई आत्मसात गरिएको समेत बताए ।
सो क्रार्यक्रममा स्थानीय जानप्रतिनीधि, प्रहरी प्रशासनको उपस्थिति रहेको थिायो । प्रतिनिधिहरुले वित्तीय साक्षरता शिक्षामा अहिले लघुवित्तको अवस्थाको जनचेतना जगाई कर्जा मिनाहा हुने, लघुवित्त खारेज हुने जस्ता भ्रामक हल्लाको पछि नलाग्न र संस्थाले गाउँगाउँमा पुर्याएको सेवामार्फत महिलाहरु आर्थिक रुपमा सक्षम बनाउन सहयोगी भूमिका खेलेकोमा शुभकामना ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा संस्थाले सञ्चालन गरी रहेका उत्कृष्ट केन्द्रहरुलाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत समेत गरिएको संस्थाले जनाएको छ ।
मेरोमाइक्रफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ७ वटै प्रदेशमा १४९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।