April 1st, 2024

मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम सञ्चालन

बैंकिङ खबर/मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय मधेश र लौकहीको १५० जना भन्दा बढी ग्राहकहरुलाई वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । उत्त गोष्ठी सुनसरीको इनरुवा नगरपालिकाको फुलबारी होटलमा सञ्चालन गरेको थियो ।

कार्यक्रम शाखा प्रबन्धक नदाकत अलीको सभापति र इनरुवा नगरपालिकाको नगरप्रमुख केदार भण्डारीको प्रमुख आतिथि र भोक्राहा नरसिंह गाउँ पालिकाको उपमेयर सुनिता कुमारी उराउ, इनरुवा नगरपालिका वडा नं ६ को वडाध्यक्ष सुमन थापा र अनुगमन अधिकृत सागर भण्डारी विशेष अतिथि रहेका थिए ।

वित्तीय साक्षरता तालिममा ग्राहक सदस्यलाई बचतको महत्व, कर्जाको उपयोगिता, बीमा, रेमिट्यान्स, आधुनिक बैंकिङ प्रणालीको विकाससँगै बढ्दो बैंकिङ जालसाझीबारे सिकाइएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट समुह जमानीमार्फत संस्था सगं वित्तीय कारोबार गर्ने केन्द्रहरुलाई समेत पुरस्कृत गरिएको थियो ।