March 31st, 2024

लघुवित्त कर्मचारी मञ्च बौनिया कैलालीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/लघुवित्त कर्मचारी मञ्च बौनिया कैलालीको आयोजनामा शनिबार वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरता सम्बन्धी र्यालिसहित दुई नम्बर वडा कार्यलय जाने बाटोबाट शुरु भएको कार्यक्रम साना किसान कृषि सहकारी संस्था बौनियाको सभाहलमा गएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रम लम्कीचुहा नगरपालिका गुलरा, घोडाघोडी नगरपालिका साडेपानी र बर्दगोरिया गाउँपालिमा शाखा कार्यालय रहि कार्य क्षेत्र रहेका विभिन्न लघुवित्तहरुमा कार्यरत कर्मचारीसहित सेवाग्राहिहरुको सहभागिता रहेको थियो । बचतको सुरक्षा गरौ, योजनाबद्ध बचत गरौ १ भबिष्य सुनिश्चित बनाऔं, वित्तीय साक्षरता अभियान सफल पारौ, कर्मचारी माथि दुर्ववहार गर्न पाइँदैन लगायत प्लेकार्ड को नारासहित को सहभागिता रहेको थियो ।

नैन बहादुर बिष्टको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा हिमालयन लघुवित्तका शिवराज उपाध्याय, एन आइसि एसिया लघुवित्ताका प्रदेश प्रमुख लभ शुदन सिंह, स्वरोजगार लघुवित्तका अनुगमन प्रमुख विजय नारायण ठाकुर, इन्फिनिटि लघुवित्तका अनुगमन प्रमुख बिनोद भट्टराई लगायतले वित्तीय साक्षरता, लघुवित्तले गर्ने काम, कर्जा लिदा ध्यान दिनुपर्ने, समयमा कर्जा नतिर्दा हुने अप्ठ्यारो, कर्जाको सदुपयोग गर्ने तरिकाका बारेमा जानकारी गराएका थिय ।

सो अवसरमा विशिष्ट अतिथिको आसन बाट बोल्दै बर्दगोरिया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.कले लघुवित्त हरुले कर्जा लगानी गर्नमा मात्र ध्यान नदिएर सेवा प्रवाह र सामाजिक कार्यमा समेत सक्रिय हुँदै जानुपर्ने कुरामा जोड दिनु भएको थियो । सोहि अवसरमा अगाडि बोल्दै वि.कले सेवाग्राही हरुले कर्जा लिदै गर्दा भबिष्यमा आफुले कर्जा तिर्न सक्ने आधार हरेर मात्र कर्जा लिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको बर्दगोरिया गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले लघुवित्तहरु दैनिक गुजारा गरेर बस्ने आम जनसमुदायको सुख दुःखको सारथी रहेको बताएका थिए । सोही कर्ममा प्रमुख अतिथि गौतमले कर्जा मिनाहा हुने भ्रममा दुर्गा प्रसाईं जस्ता गलत व्यत्तिहरुका पछाडि नलाग्न समेत उनले गरेका थिए । अगाडि बोल्दै गौतमले लघुवित्तहरुले समेत आफ्नो सामाजिक उत्तरदायित्व बिर्सन नहुने भन्दै त्यसका लागि गाउँपालिकासँग समन्वय गरे, अगाडि बढ्न अनुरोध गरेका थिए।

कार्यक्रममा १८ वटा लघुवित्तका शाखामा कार्यरत कर्मचारी र सेवाग्राहीहरुको सहभागिता रहेको थियो । कार्यक्रम लघुवित्त कर्मचारी मञ्च बौनियाका अध्यक्ष दुर्गा दत्त जोशिको अध्यक्षतामा भएको हो । यही मञ्चले केही दिन अगाडि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको सुर्योदय वोमि लघुवित्त वित्तिय संस्था गुलरा शाखाका शाखा प्रनुख मोहन बहादुर गुर्धामीले जानकारी दिए।