बैंकिङ खबर/ काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय नवलपुर सर्लाहीले आफनो ऋणी ग्राहक सदस्यहरुका छोरा छोरीहरुलाई डा.हरिहरदेव पन्त स्मृति छात्रवत्ति पुरस्कार वितरण गरेको छ । यस वित्तीय संस्थाको विभिन्न केन्द्रहरुबाट छात्रवृत्तिको लागि आवेदन माग गरिएकोमा प्राप्त आवेदन मध्येबाट छात्रतर्फ १जना र छात्रातर्फ तथा १ जना ले छात्रवत्ति प्राप्त गरेका हुन् ।
जिल्ला सर्लाही लालबन्दी .न.पा. वडा नं. ६ लालबन्दीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी नवलपुर शाखाका सहायक ब्यवस्थापक हेमलाल बस्याल तथा लालबन्दी .न.पा. ६ नं. वडाका वडा सदस्य तोयानाथ पोखरेलले संयुक्त रुपमा छात्र छात्रालाई जनही रु. १० हजार नगद तथा प्रमाणपत्र वितरण गरेका हुन् ।
उक्त कार्यक्रममा उक्त केन्द्रका केन्द्र सदस्यहरु तथा अन्य समुह सदश्यहरु अभिभावकहरु, संस्थाका कर्मचारीहरु हरिशंकर प्रसाद पंडित तथा शरद महतो, स्थानीय भद्र भलादमी बुद्धिजिवीहरुको उपस्थिति रहेका थियो । कर्मचारी हरिशंकर प्रसाद पंडितले कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा शाखा प्रमुख हेमलाल बस्यालले छात्रवृत्ति कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने उपस्थित वडा सदश्य तोयानाथ पोखरेलले निर्धन उत्थान लघुवित्तले गाउँगाउँमा गएर वित्तीय सेवा दिइरहेको र गरिब विपन्नको आर्थिक अवस्थामाथि उकास्न वित्तीय पहुँच पु¥याइरहेको र त्यसको अलावा यस्ता कार्यक्रमहरुमार्फत सामाजिक उत्तरदायित्व समेत बहन गरेकोमा धन्यवाद दिएका र आगामी दिनमा अझै राम्रा राम्रा कार्यक्रमहरु ल्याउन अझ धेरै जनालाई समेटन आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा शाखा प्रमुख हेमलाल बस्यालले वित्तीय संस्थाले गर्ने कर्जा बचतको अलावा अन्य कार्यक्रमहरुको बारेमा बताए । यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको पहिलो ठूलो लघुवित्त संस्था हो ।
संस्थाले १८५ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९६ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइ रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडीएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय पहुँच पुर् याइ रहेको छ ।
संस्थाले २०८० माघ मसान्त सम्ममा ४ लाख ४१६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाको सोहि अवधि सम्ममा लगानीमा रहेको कर्जा रु. २५ अर्ब ८१ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १९ अर्ब ४५ करोड बचत रहेको संस्थाका नवलपुर शाखाका शाखा प्रमुख हेमलाल बश्यालले जानकारी गराएका थिए ।




