Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजेटका लागि अर्थ मन्त्रालयमा मस्यौदा लेखन समिति गठन

२०८० चैत्र १६ गते

बैंकिङ खबर/अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेटका लागि मस्यौदा लेखन समिति गठन गरेका छन्। मन्त्री पुनले शुक्रबार अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन्।

मस्यौदा लेखन समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्। समितिमा रहेका शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत हुन् भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन्।