March 29th, 2024

निफ्रामा सीईओ पदका लागि दरखास्त आह्वान

बैंकिङ खबर/नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान खुलाएको छ । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवद्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ । अथवा चार्टर अकाउन्टेन्सी (सीए) अथवा व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स, तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानूनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यस्तै सीईओ पदका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ । योग्य इच्छुक आवेदकले आवश्यक कागजातसहित आगामी ५ वर्षे व्यवसायिक रणनीति कार्ययोजना समावेश गरी चैत २९ गते ५.३० बजेसम्म आवेदन दिन सक्नेछन् । सर्टलिस्टमा परेका आवेदकलाई अगाडीको छनोट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ ।

यसअघिका सिइओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिइपछि निफ्राको सिइओ पद रिक्त रहेको छ । अहिले सूर्यबहादुर तामाङले बैंकको निमित्त सीईओको जिम्मेवारी सम्हालिरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]