March 28th, 2024

उपकार लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न

बैंकिङ खबर/ उपकार लघुवित्त वित्तीय संस्था लि.द्वारा बर्दिया जिल्लामा अवस्थित सितलाबजार शाखा र बाँके जिल्लामा अवस्थित फत्तेपुर शाखाद्वारा संचालित केन्द्रका केन्द्र प्रमुख तथा सदस्यबीच सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै बढैयाताल गाउँपालिका वडा न. २ का वडा अध्यक्ष डिला देव गिरीले यस संस्थाले यस क्षेत्रका महिलाहरुको आर्थिक तथा समाजिक रुपान्तरणको लागि कार्य गरेको भन्दै प्रशंसा गरे । संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरि आम्दानी बढाउनु पर्ने साथै अरुको प्रलोभनमा नपरी आफ्नो व्यवसाय गर्नुपर्ने बताउँदै लघुवित्त तपाईहरुकै लागि हो, तपाईको सानो बचतले भविष्यमा तपाईकै पूँजी निमार्ण गर्ने भएकोले बचत गर्न प्रेरित गरे । त्यसै गरी राप्ती सोनारी गाउँपालिका ६ का वडा अध्यक्ष लवराज खरेलले लघुवित्तको कारण कर्जा लिन साहु महाजनकोमा जान पर्ने अवस्थाको अन्त्य भएको र हाल कर्जाको सदुपयोग नगरी बिलासितामा खर्च गर्न कर्जा लिदा समस्या भएकोले संस्थामा झुट नबोली के कामको लागि कर्जा लिने हो सोही काममा लगाउन आम्दानी बढाउने गरी काम गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन चौधरीले कर्जा उत्पानशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्दै महिला आर्थिक रुपमा सक्षम हुदा यो क्षेत्र नै आर्थिक रुपमा सक्षम हुने बताउँदै हामी अल्छी हुँदा छिमेकी राष्ट्रमा पैसा गएकोले अब यहाँ उत्पादन बढाएर निर्यात गरी आम्दानी बढाउनुपर्ने बेला आएको बताए । उनले पैसा फजुल खर्च र देखासिकी तडक भडक नगरी कर्जाको दुरुपयोग गर्न नहुने र अरु राम्रो कामको लागि मात्र देखासिकी गर्नुस् र कर्जा लिएर तिर्न पर्दैन भनि भ्रममा नपर्न बताउँदै पैसा कमाउन सजिलो नभएकोले आफ्नो व्यवसायलाई ध्यान दिइ उद्यमी महिला बन्नुस र सकारात्मक सोच राखी अगाडि बढ्नुस् भन्ने सुझाव दिए ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी प्रमुख सारदा कुमारी खत्रीले कर्जा आवश्यकता अनुसार लिनु पर्छ कर्जाको सहि सदुपयोग गर्न अनुरोध गर्दै हिजो तपाई हाम्रो आमाको बैंक सम्म पहुँच नभएकै कारण लघुवित्त जन्मिएको बताउदै सानो सोनो बचतले तपाईलाई फाईदा हुने बताइन् । बिमल खनाल, पार्वती पराजुली,लक्ष्मी के.सीले सदस्यको गुनासो सम्बन्धमा सदस्यहरुसँग छलफल गरेका थिए । कार्यक्रममा सितलाबजार शाखाका शाखा प्रमुख दिपक रजाली मगर. र फत्तेपुर शाखाका शाखा प्रमुख गिता तिवारीले शाखाको प्रगति विवरण पेस गरेकी संस्थाकी तालिम विभाग प्रमुख पार्वती पराजुलीले जानकारी थिइन् ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]