बैंकिङ खबर/ गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । गरिमा विकास बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको ३०४औं बैठकले विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई मिति २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहदै आएका थिए । बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुखकार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनु भएका गोविन्द प्रसाद ढकालको कार्यकाल चैत्र मसान्तमा समाप्तहुने भएसंगै बैशाख १ गतेदेखि रिक्तहुने उक्त पदमा उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।