March 28th, 2024

ग्लोबल मनी वीक : नेशनल लघुवित्तद्वारा वित्तीय साक्षरता सम्पन्न 

 
बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय बेलैरी,कन्चनपुरले ग्लोवल मनी वीकको अवसर पारी आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिवार वेलडाडी गा.पा. वडा नं. ०२ स्थित महाकाली सिँचाइ कार्यालयको तालिम हलमा आयोजना गरिएको कार्यक्रममा संस्थाको समुह नं. ९८ को समुह अध्यक्ष महारानी रानाको सभापतित्व तथा संस्थाको अनुगमन कार्यालय अत्तरीयाका अनुगमन अधिकृत अम्रेश कुमार कुसवाहाको  प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
 
कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी नायब निरीक्षक मोहन कुमार सिंह र वडा कार्यालय २ को सदस्य रत्ना कुमारी सुनारको विशिष्ट आतिथ्यता रहेको थियो ।  कार्यक्रममा अनुगमन अधिकृत अम्रेश कुमार कुसवाहाले लघुवित्तको  विकासक्रम, हाल नेपालमा लघुवित्तको अवस्था यसले समाजमा पुर्‍याएको योगदान, कर्जा नर्तिदा हुने हानी, बचत गर्ने तरिका र नेशनल लुघुवित्तले गरेका  सामाजिक कार्यका बारेमा  प्रशिक्षण दिएका थिए । शाखा प्रमुख केशब राज पोख्र्र्रलले वित्तीय साक्षरता अन्तर्गत वित्तीय कारोवार, भविष्यको योजना, सुरक्षित बचत, विप्रेशणबाट प्राप्त रकमलाई उत्पादन मुलक लगानी, पारिवारिक बजेट तथा योजना,जोखिम न्यूनीकरणको बारेमा जानकारी गराएका थिए ।
 
कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी नायब निरीक्षक मोहन कुमार सिंह, वडा कार्यालय २ को सदस्य रत्ना कुमारी सुनार लगातले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।  उपस्थितहरुमध्ये बिन्दु रानाले यस वित्तीय साक्षरता कार्यक्रमबाट आफुहरुले धेरै कुराहरु सिकेको र सिकोका कुराहरुलाई व्यवहारमा लागु गर्ने पर्ने बताएकी थिइन् । 
 
उक्त कार्यक्रममा ६५ जना सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो  । शाखा प्रमुखको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका क्रमचारी लोक ठगुन्नाले गरेका थिए भने लघुवित्तका कारण नेपालका धेरै ठूला उपलब्धी भएका छन् । वित्तीय साक्षरता, महिला सचेतना, गरीबी निवारण, शिक्षा, स्वास्थ जस्ता यावत क्षेत्रमा लघुवित्तको ठूलो योगदान रहेको भनि यस सभाका सभापतीले आफ्नो मन्तव्य राखेका थिए । 
 
 
 
 
 
 

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]