March 26th, 2024

वित्तीय सचेतना र्‍यालीमा सहभागिता

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड  वित्तीय सचेतना र्‍यालीमा सहभागी भएकाे छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा विगत वर्षहरु जस्तै यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर Global Money Week–024 मनाउने सप्ताहव्यापी अभियान अन्तर्गत चैत्र ६ गते नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको परिसरमा जम्मा भइ नगरका विभिन्न स्थानहरुमा परिक्रमा गरी वित्तीय सचेतना र्‍याली गरिएको थियो ।

वित्तीय प्रणालीमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको उक्त वित्तीय सचेतना र्‍यालीमा यस संस्थाकोतर्फबाट नायव कार्यकारी अधिकृत, आन्तरिक लेखापरीक्षण विभाग, जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुखहरु र अन्य अधिकृत तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष “ग्लोबल मनि वीक” विश्वभर मनाउँदै आइरहेको छ ।

यसै सन्दर्भमा २०२४ मार्च १८ देखि २४ (२०८० चैत्र ५ गतेदेखि ११ गते)सम्म Dd Protect Your Money, Secure Your Future भन्ने मूल नाराका साथ Global Money Week को १२ औं श्रृङ्खला मनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]