बैंकिङ खबर/ नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण पहिलो पटक संशोधन गरेको छ। बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका संसोधन गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बताएका छन् ।
अब सम्पूर्ण बीमकले जलविद्युत तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा, कृषि, केबलकार, शिक्षा र स्वास्थ्य, घरजग्गा व्यवसाय र प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा गरेको लगानी रकम आफ्नो वितरणयोग्य मुनाफाबाट घटाउनुपर्नेछ।
बीमा प्राधिकरणले लङ टर्म क्षेत्रमा लगानी गर्दा वितरणयोग्य मुनाफा घटाउनुपर्ने निर्देशिका ल्याएको हो । सो कारण कम्पनीहरुलाई वितरणयोग्य मुनाफा घटाउन कम्पनीहरुलाई निर्देशिका नै बनाएर घटाउन जोड गरेको हो ।
बीमा प्राधिकरणको संसोधित निर्देशिका बमोजिम जलविद्युत तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा, कृषि, केबलकार, शिक्षा र स्वास्थ्य, घरजग्गा व्यवसाय र प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड क्षेत्रमा लगेको लगानी रकम वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने व्यवस्था गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार लालले जानकारी दिएका छन्।




