Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि वीकमा वित्तीय साक्षरता सम्पन्न

२०८० चैत्र १२ गते

बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ५ देखि २०८०/१२/११ (१८–२४ मार्च २०२४) सम्मGlobal Money Week (GMW) – 2024 को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्‍याली समेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन (GMW) – 2024 ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएका छन् ।