बैंकिङ खबर/राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अवसरमा ३० वटा लघुवित्त संस्थाहरूको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३६५ जनाको उपस्थिति रहेको थियो। जसमा प्रथम चरणको मौन शान्तिपुर्ण रयाली मानपुर टपरा बजारमा भएको थियो।
दोस्रो चरणको र्याली राजापुर बजार परिक्रमा गर्ने क्रममा डाइमन्ड होटल एण्ड पार्टी प्यालेस देखि शुरु भएर टेडिया चोकमा पुगेर फेरि त्यहिबाट फर्केर डाइमन्ड होटल एण्ड पार्टी प्यालेसमा पुगेर वित्तीय जागरण कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रमको सभापतित्व मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक तथा यस मन्चका अध्यक्ष पहराम जैसीले गरेका थिए । प्रमुख आतिथ्यता सबिधान सभा सदस्य तथा पूर्व भुमी सुधार मन्त्री तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी निर्देशक डा. गोपाल दहितले गरेका थिए ।
साथै अन्य अतिथिहरुमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कोहलपुरका नायव प्रमुख कार्यकारी अधिकृत राजकुमार पोखरेल, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक किरण प्रसाद न्यौपाने, उपकार लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कोहलपुरका सहायक प्रबन्धक चित्र बहादुर भण्डारी थिए ।
साथै अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका ब्यक्तिहरु, बिभिन्न लघुवित्तका अनुगमन अधिकृतहरु, राजापुर क्षेत्रका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखा प्रमुख, भद्रभलादमी तथा बुद्धिजीवी, सञ्चारकर्मी, साथी एफएमका अध्यक्ष बिश्वमान प्रधान, साथी एफएमका स्टेसन म्यानेजर मिन प्रसाद अधिकारी, गुलरिया र भुरिगाउँ क्षेत्रका लघुवित वित्तीय संस्थाका शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण यस क्षेत्रमा बुद्धिजीवी तथा समाजसेवी भुवन ढकालले गरेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथिले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्थाबारे बृहत छलफल भएको थियो हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्दै सम्पूर्ण उपस्थितिलाई वित्तीय जागृत भएर कर्जाको सहि सदुपयोग गर्न पनि जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा सम्पूर्ण उपस्थितिले माक्स लगाएर मौन शान्तिपुर्ण रयाली निकालेर नियमनकारी निकायलाई कर्मचारी सुरक्षाको विषयमा मौन रहेको भनि ब्यङ्ग्य गरेको आयोजित समितिबाट लोकेन्द्र खड्काले बताए ।




