बैंकिङ खबर/विश्वव्यापी रुपमा मनाईरहको Global Money Week 2024 को अवसरमा साधना लघुवित्त वित्तिय संस्था लि को आयोजना तथा सदर हरमटारी टोल विकास संस्थाको समन्वयमा युवा लक्षित बित्तीय साक्षरता कार्यक्रम गोरखा नगरपालिकाको वडा नं ६ मा सम्पन्न भएको छ ।
protect your money, save your future भन्ने मुलनाराको साथ सञ्चालित यो कार्यक्रम सदर हरमटारी टोल विकास संस्थाका अध्यक्ष सानोकाजी वन्तको अध्यक्षता तथा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी भोला दाहालले गरीवि निवारणमा बैंक तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भुमिकाको विषयमा जानकारी गराउदै बचत गर्ने बानीको विकास र कर्जा सदुपयोगितामा जोड दिनुभएको थियो भने सामाजिक रुपमा फैलिएको अफवाहको पछि नलागी आफ्नो कारोबार चुस्तदुरुस्त राख्नको लागि अनुरोध गरेका थिए । साथै बेला बेलामा वित्तिय जागरणका चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी वित्तिय क्षेत्रमा सम्पुर्ण समुदायको पहुँच पु्याउन सुझाव दिएका थिए ।
कार्यक्रममा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाको कार्ययोजनाको बारेमा जानकारी दिँदै वित्तिय क्षेत्रको काम कर्तव्य र महत्वको बारे चेतनामुलक प्रस्तुतिकरण सहित सहभागाीहरुबाट बैकिङ्ग तथा वित्तिय क्षेत्र सम्बन्धि उठेका जिज्ञासाहरुलाई सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले बैंक तथा वित्तिय संस्थाले गरेको सामाजिक तथा आर्थिक रुपान्तरण,लघुउधम व्यवसायको प्रवद्र्धन,रोजगारीको सिर्जना तथा अर्थतन्त्रलाई चलायमान बनाउन बैंक तथा वित्तिय संस्थाको महत्वपुर्ण भुमिका रहेको बताउँदै समय सापेक्ष सदस्यहरुलाई प्रदान गर्ने सुविधाहरु आवश्यक संशोधन गर्न र स्थानिय स्तरमा उत्पादित सामाग्रीहरुको बजारीकरण गर्न आवश्यक समन्वय गर्नु पर्ने आवश्यकता रहेको समेत औल्याउनु भएको थियो । नन्द प्रसाद ढकाल, रमा सिंखडा, निरञ्जन रमण खनाल, बद्री प्रसाद पोखरेल लगायतका ब्यक्तिहरुले आफ्नो मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा १०० जना बढी ब्यक्तिको उपस्थिति रहेको थियो ।
यसैगरी साधना लघुवित्तले यस Global Money Week 2024 को अवसरमा विद्यार्थी संग वित्तीय साक्षरता, जनप्रतिनिधि संग वित्तीय साक्षरता र युवा संग वित्तीय साक्षरता गरी विभिन्न १० वटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरीएको जानकारी प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
वित्तीय संस्थाले हाल ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत् १ लाख ५ हजार सदस्यहरुलाई सेवा प्रदान आएकोमा करिव ५० हजार ब्यक्तिहरुलाई व्यवसाय गर्न कर्जा उपलब्ध गराएर रोजगारी सिर्जना गरेको , वित्तीय संस्थाले कर्जा, बचत, विमा , रेमिट्यान्स, मात्र नभई गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको भविश्यमा आफ्नो सेवा प्रवाहलाई देशको विभिन्न भुभागमा विस्तार गरी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।




