March 24th, 2024

ग्लोबल मनि विक : आरम्भ चौतारी लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

 

बैंकिङ खबर/ काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको गण्डकी प्रदेशले टुहुरेपसल र मिर्मि शाखामा, लुम्विनी प्रदेशले लालमटिया, गढवा, दोभान, शंकरपुर, सैनामैना र सम्झनाचोक शाखामा, वाग्मति प्रदेशले खुर्कोट र मन्थली शाखामा, मधेश प्रदेशले कुश्माहर, लक्ष्मीनिया, कठुधारा, देवाहीगोनाही, रामजानकीचोक, लाहान, पडरिया शाखामा तथा कोशी प्रदेशले भोजपुर, नडाहा, ओखलढुंगा शाखामा गरी २० वटा शाखामा आवद्ध २५०० सदस्य तथा अभिभावकहरुलाई विभिन्न जिल्लाहरुमा “वित्तीय साक्षरता तालिम” प्रदान गरेको छ ।

संस्थाका कर्जा विभागीय प्रमुख टोप बहादुर रास्कोटीका अनुसार उक्त तालिममा प्रशिक्षकको रुपमा क्रमशः प्रदेश प्रमुखहरु अमरनाथ सेडई, देवचन्द्र राय, सन्तोष चन्द, श्यामकृष्ण महर्जन, सन्तोष रायमाझि, सुजन दाहाल तथा कार्यक्रम अधिकृतहरु विजय कुमार पासवान, उमेश दाहाल, गिता राउत, भगवती खरेल, दिपा ज्ञवाली, दिपक भट्ट, अनिल वि.क., जयकृष्ण यादव, सुरेश परियार, नविन वोगटी तथा शाखामा कार्यरत शाखा प्रमुखहरु रहेका थिए ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्यूनीकरण, जोखिम परिचय र असर, फजुल खर्चले गरिब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक वजेट, वजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना, अन्य आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक वजेट निर्माण, डिजिटल बैंकिङ्ग आदि बारेमा यस तालिममा सहभागीहरु सिकाई हासिल गरेका थिए ।

संस्थाले २०७५ देखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा विभागीय प्रमुख टोप बहादुर रास्कोटीले जानकारी गराए । वालबालिका र युवाहरु लक्षित गरी वालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष “ग्लोबल मनि विक” विश्वभर मनाउँदै आई रहेकोछ । यसै सन्दर्भमा २०२४ मार्च १८ देखि २४ (२०८० चैत्र ५ गतेदेखि ११ गते) सम्म “Protect Your Money, Secure Your Future” भन्ने मूल नाराका साथ “Global Money Week” को १२ औं श्रृङ्खला मनाइएको छ ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा विगत वर्षहरु झैँ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर “Global Money Week” मनाउने भएकोले यस सप्ताहब्यापी अभियानमा वित्तीय प्रणालीमा आवद्ध संस्थाहरुको सहभागिता हुने भएकोले नेपाल लघुवित्त बैंकर्स संघ मार्फत त्यस संघमा आवद्ध लघुवित्त वित्तीय संस्थाका केन्द्रीय कार्यालय, शाखा कार्यालय मार्फत सप्ताहव्यापी अभियान सञ्चालन गर्न, विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम, युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी “Global Money Weel 2024”मनाउनका लागि अनुरोध भए बमोजिम यस आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सप्ताहव्यापी रुपमा देशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गरीएको थियो।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ४३ जिल्लाहरुमा १४० शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४७ कार्यालय सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइ रहेकोछ । २०८० पौष मसान्त सम्म ९९हजार सदस्य, ३८ हजार ऋणी मार्फत १ अर्व ४८ करोड वचत संकलन गरी ४ अर्व ७६ करोड कर्जा लगानी गरेको छ ।

 

.