March 24th, 2024

आरम्भ चौतारी लघुवित्त गण्डकीद्वारा दुई शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रदेश कार्यालय गण्डकीले विश्वव्यापी रुपमा मनाउँदै आएको ‘ग्लोबल मनी विक’ को १२ औं संस्करणको अवसरमा दुई शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले तनहुँको भानु नगरपालिका वडा नं. ६ मा रहेको टुहुरेपसल शाखामा भानु नगरपालिकाकी उपमेयर उमा गोतामेको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न गरेको हो ।

टुहुरेपसल बजार परिसरका थुपै समाजसेवी तथा बुद्धिजीविहरुको अतिथ्यसँगै भानु नगरपालिकाका स्थानीय व्यक्तिहरु, यस संस्थाका सदस्यहरुसहित ८१ जनाको सहभागीता रहेको थियो । शाखा प्रबन्धक तुल्सीराम पँगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक गण्डकी प्रदेशका नि.प्रदेश प्रमुख सन्तोष रायमाझीले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाको टुहुरेपसल शाखाकी कर्मचारी लक्ष्मी पाण्डे ढकालले गरेकी थिइन् ।

यसैगरी प्रदेश कार्यालय गण्डकी अन्तर्गत स्याङ्जा जिल्लाको शाखा कार्यालय मिर्मिमामा कालिगण्डकी गा.पा. वडा नं. ७ का वडाध्यक्ष ओम प्रकाश भट्टराईको प्रमुख आतिथ्यता, निवार्चित कार्यपालिका सदस्य तथा मनोनित कार्यपालिका सदस्यको विशिष्ट अतिथि, मिर्मी बहुमुखी क्यापसका प्रमुख, यस क्षेत्रका समाजसेवी बुद्धिजीविहरुको अतिथ्यता रहेका थिए भने कार्यक्रम उद्घाटन समारोहका अध्यक्षता तथा प्रशिक्षक गण्डकी प्रदेशका नि.प्रदेश प्रमुख सन्तोष रायमाझीले गरेका थिए ।

कार्यक्रममा अथिति लगायत सहभागीहरुलाई शाखा कार्यालय चापाकोटका शाखा प्रबन्धक कृष्ण प्रसाद अर्यालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संस्थाको मिर्मि शाखाका शाखा प्रबन्धक रमेश के.सी.ले गरी जम्मा १४८ जनाको सहभागीतामा मिर्मि बहुमुखी क्यापसको हलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लगायत विशिष्ट अतिथि, अतिथिहरुले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. ले आ–आफ्नो क्षेत्रमा प्रदान गरेको वित्तीय सेवाको योगदान भुल्न नहुने र हाल वित्तीय क्षेत्रका अराजक तत्वहरुले नकारात्मक भ्रमहरु फैलाएको हल्लाका पछि नलाग्न र ढुक्कसँग वित्तीय संस्थाबाट वित्तीय अनुशासनमा रहेर कारोवार गर्न सबै सहभागीलाई सुझाव दिए ।

साथै स्थानीय नियमा रहेको यस वित्तीय संस्थाको अविभावक स्थानीय निकायको मुख्य जिम्मा रहने हुँदा यो वित्तीय संस्था आफ्नो स्थानीय तहको पारिवारिक संस्था भएको बताए ।

वित्तीय साक्षरता कार्यक्रममा बचत, कर्जा बीमा, विप्रेषण, इ–बैंकिङ, पारिवारिक बजेट लगायत नेपाल राष्ट्र बैकद्वारा निर्धारित विषयबस्तुका आधारमा भन्ने नाराकासहित प्रशिक्षण भएको थियो । साथै सहभागीहरुले समीक्षा गर्दै यो आर्थिक मन्दीको समयमा वित्तीय साक्षरता शिक्षा प्राप्त गर्न पाउँदा उत्साहजन भएको र यस कार्यक्रमले आफुहरुको दैनिक व्यवहार समेत परिवर्तन गर्न सकिने ज्ञान प्राप्त भएको बताएका थिए ।