बैंकिङ खबर/ बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।
यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्य लिएर सन् २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) सम्म “Protect Your Money, Secure Your Future” भन्ने नाराका साथ Global Money Week-2024 १२औं श्रृङ्खला मनाउन लागेको छ ।
यस सुर्योदय वोमी लघुवित्त हरिवन स्टेशन कार्यालयको संयोजकत्वमा मिति २०८० चैत ९ गते यस क्षेत्रमा रहेको ४ वटा शाखाका करिव ३० जनाको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सञ्चालन सम्पन्न भएको छ ।
उक्त प्रभातफेरी कार्यक्रम शाखा कार्यालय हरिवन हुँदै हरिवन बजार परिक्रमा गरि पुनः कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो ।
यस सुर्योदय लघुवित्त वित्तीय सस्था लि.शाखा कार्यालय परिसरमा कार्यक्रम समापन गर्ने क्रममा कार्यालयका जोखिम ब्यवस्थापन विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले वित्तीय चेतना अभिवृद्धि गर्ने कार्य निरन्तर प्रक्रिया भएको र यस्तो चेतना बालबालिकामा दिन सकेमा अझ प्रभाकारी हुने बताए ।
आजको डिजिटल युगमा वित्तीय उपकरण तथा सेवाहरुलाई पनि सहज र सुरक्षित प्रयोग गर्न सक्ने वातावरण निमार्ण गर्ने कतव्र्य पनि बैंक तथा वित्तीय संस्थाहरुको हुनुपर्ने उनले बताए । वित्तीय स्थायित्व कायम गर्न सक्षम नेतृत्वको विकाससँगै युवाहरुमा वित्तीय सचेतना बढाउनुपर्ने कुरामा उनले जोड दिए ।