March 19th, 2024

ग्लोबल मनि वीकःसबैको लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न


बैंकिङ खबर/ तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा बाँके जिल्लाको डाँडाटपरीमा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलका अनुसार उक्त तालिममा प्रशिक्षकहरु विक्रम उपाध्याय, प्रतिमा शर्मा रहेका थिए ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरिब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु ब्यवसायको परिचय तथा महत्व, ब्यवसाय विस्तार तथा विविधिकरण, ब्यवसायिक योजना, अन्य आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए ।

संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराएका थिए । बालबालिका र युवाहरु लक्षित गरी बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष “ग्लोबल मनि वीक” विश्वभर मनाउँदै आई रहेकोछ । यसै सन्दर्भमा २०२४ मार्च १८ देखि २४ (२०८० चैत्र ५ गतेदेखि ११ गते)सम्म ”Protect Your Money, Secure Your Future”  भन्ने मूल नाराका साथ Global Money Week को १२ औं श्रृङ्खला मनाउन लागिएकोछ ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा विगत वर्षहरु झैँ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर Global Money Week मनाउने भएकोले यस सप्ताहब्यापी अभियानमा वित्तीय प्रणालीमा आवद्ध संस्थाहरुको सहभागिता हुने भएकोले नेपाल लघुवित्त बैंकर्स संघ मार्फत त्यस संघमा आवद्ध लघुवित्त वित्तीय संस्थाका केन्द्रीय कार्यालय, शाखा कार्यालय मार्फत सप्ताहब्यापी अभियान सञ्चालन गर्न, विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम, युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी Global Money Weel 2024 मनाउनका लागि अनुरोध भए बमोजिम यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सप्ताहब्यापी रुपमा देशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गर्न गई रहेकोछ ।

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ सुपरीवेक्षण मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेकोछ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेकोछ ।

यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेकोछ । संस्थाले २०८० फाल्गुण मसान्तसम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाको २०८० फागुन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अर्ब १६ करोड ७३ लाख ६९ हजार ३३ रहेकोछ भने ग्राहक सदस्यहरुबाट रु. १ अर्ब १७ करोड बचत परिचालन गरेकोछ । उक्त वित्तीय साक्षरता तालिमको सञ्चालन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँके जिल्लास्थित डाँडाटपरी शाखाका कर्मचारी श्री ठाकुर प्रसाद रानाले गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]